यु १९ महिला एसिया कपमा भारतविरुद्ध नेपालले टस हार्‍यो

यु १९ महिला एसिया कपमा भारतविरुद्ध नेपालले टस हार्‍यो

काठमाडौं : मलेसियामा जारी एसीसी यु १९ महिला एसिया कपमा नेपालले भारतविरुद्ध टस हारेको छ।

मंगलबार मलेसियामा भारतले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको हो। पहिलो पटक आयोजना भइरहेको महिला एसिया कपमा नेपालले आफ्नो दोस्रो खेल खेल्दैछ।

नेपालले पहिलो खेलमा पाकिस्तानलाई पराजित गरेर सुपर ४ मा स्थान पक्का गरेको छ। सोमबार भएको खेलमा पाकिस्तानलाई नेपाल ६ विकेटले पराजित गरेको हो।

भारतले पनि पाकिस्तानलाई हराएसँगै सुपर ४ मा स्थान पक्का गरिसकेको छ। भारतले पहिलो खेलमा पाकिस्तानलाई ९ विकेटले पराजित गरेको थियो।

प्रतियोगिताको समूह ‘ए’ मा श्रीलंका, बंगलादेश र मलेसिया रहेका छन्। एसियाबाट यु १९ महिला विश्व कपमा छनोट भएकाले नेपालले एसिया कपमा मौका पाएको हो।

यु १९ महिला विश्व कप आगामी वर्षको जनवरीमा मलेसियामा नै आयोजना हुँदैछ। विश्व कपमा नेपाल अस्ट्रेलिया, बंगलादेश र स्कटल्यान्डसँग समूह ‘डी’ मा रहेको छ।

पुष २, २०८१ मंगलबार १२:२२:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।