आठ वर्षीया बालिकाको घाँटी रेटेर हत्या

आठ वर्षीया बालिकाको घाँटी रेटेर हत्या

बाजुरा : जिल्लामा एक आठ वर्षीय बालिकाको घाँटी रेटी हत्या गरिएको छ।

बुढीगङ्गा नगरपालिका-२, नडाङ बस्ने ४८ वर्षीय नन्दे सनाईले सोही गाउँकी विनीता सनाईको हत्या गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

बुढीगङ्गा नगरपालिका-२, नडाङकै ३८ वर्षीय बुवा हर्क सनाई र ३७ वर्षीय आमा तुलादेवी सनाईकी आठ वर्षकी छोरी विनीता सनाई घरको पछाडि खेलिरहेको बेला एक्कासी आएर धारिलो हतियारले टाउको काटेर हत्या गरेको मृतकका आफन्त लुलाराम नेपालीले बताए।

उनले भने, ‘गाउँका अरू बच्चाबच्ची सबै पशुपति माविमा भइरहेको राष्ट्रपति रनिङ सिल्डमा गएको बेला नन्दे सनाईले त्यो बच्चीलाई छोपेर घाँटी काटेर हत्या गरेको हो।’

प्रहरीले शनिबार नै सनाईलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी जनक बोहराले बताए।

‘अभियुक्त सनाईलाई अहिले जिल्ला प्रहरी कार्यालयमा राखिएको र आफन्तको जाहेरी आउनेबित्तिकै मुद्दा चलाउने तयारी भइरहेको छ’, उनले भने।

मृतक बालिकाको शव अहिले जिल्ला अस्पताल बाजुरामा राखिएको जिल्ला प्रहरी
कार्यालय बाजुराका सूचना अधिकारी बोहराले बताए।

पुष २, २०८१ मंगलबार ०९:३३:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।