ब्रिसबेन टेस्टमा केएल राहुलको अर्धशतक, भारतको छ विकेट पतन

एजेन्सी : अष्ट्रेलियाविरुद्ध ब्रिस्बेनमा भइरहेको तेस्रो टेष्ट खेलको चौथो दिन पनि वर्षाले प्रभावित भएको छ। यो खेलमा भारतको स्थिति अझै कमजोर रहेको छ।
अष्ट्रेलियाले बनाएको ४४५ रनको जवाफमा भारतले आफ्नो पहिलो इनिङ्समा छ विकेट गुमाएको छ भने अहिले भारतको स्कोर १६१ रन रहेको छ।
भारतबाट अहिलेसम्म केएल राहुल मात्र राम्रो लयमा देखिए। उनी ८४ रन बनाएर आउट भए।
हाल रविन्द्र जडेजा ३७ र नितिश कुमार रेड्डी पाँच रन बनाएर खेलिरहेका छन्।
पाँच खेलको यो शृङ्खलामा दुवै टोलीले एक एक खेल जितेर बराबरी गरेका छन्।
यस सिरिजको पहिलो खेलमा भारत विजयी भएको थियो भने दोस्रो खेलमा अस्ट्रेलियाले भारतलाई १० विकेटले पराजित गरेको थियो।
पुष २, २०८१ मंगलबार ०८:२२:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।