यु१९ महिला एसिया कपमा नेपालले आज भारतको सामना गर्दै

काठमाडौं : १९ वर्षमुनिको महिला एसिया कप क्रिकेटमा नेपालले आज भारतको सामना गर्दैछ।
एक खेल अगावै सुपर फोरमा प्रवेश गरेका भारत र नेपाल आज आमनेसामने हुन लागेका हुन्।
खेल मलेसियाको वायोमास ओभलमा विहान पौन १२ बजे सुरू हुनेछ।
सोमबार भएको आफ्नो पहिलो खेलमा नेपालले पाकिस्तानको अन्डर १९ टिमलाई ६ विकेटले पराजित गर्दै सुपर फोरमा स्थान सुरक्षित गरेको थियो।
नेपालको जितमा कप्तान पूजा महतोले सानदार अलराउन्ड प्रदर्शन गरिन्। नेपाली युवा टोलीले पाकिस्तानसँगको पहिलो भेटमै उसलाई स्तब्ध पारेको हो।
पाकिस्तान लगातार दोस्रो हारका साथ प्रतियोगिताबाट बाहिरिएको छ। पाकिस्तान पहिलो खेलमा भारतसँग पराजित भएको थियो।
सुपर फोरमा प्रवेश गरेसँगै अब नेपालले समूह ‘बी’ बाट सुपर फाेरमा पुग्ने दुई टीमसँग प्रतिस्पर्धा गर्नेछ। समूह ‘बी’मा श्रीलंका, बंगलादेश र मलेसिया छन्।
पुष २, २०८१ मंगलबार ०७:१७:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।