आमा बनेपछि 'सोचेझैं जिन्दगी रैनछ'की गायिका मधु क्षेत्रीले भनिन्- सन्तान देखेपछि सबै पीडा भुलें

काठमाडौं : तीन वर्षअघिको हरितालिका तीजमा भाइरल बनेको 'सोचेझैं जिन्दगी रैनछ' गीतकी गायिका मधु क्षेत्री आमा बनेकी छन्।
विवाहपछि अस्ट्रेलियामा रहेकी उनले उतै छोरालाई जन्म दिएकी हुन्। मधुले दुई वर्षअघि पहिलो श्रीमानसँग डिभोर्स भएपछि अस्ट्रेलियावासी सुरेशसँग दोस्रो विवाह गरेकी हुन्।
सामाजिक सञ्जालमा खुसी साट्दै मधु र सुरेश दुवैले सन्तानलाई संसारमा स्वागत गरेको बताएका छन्।
छ महिनाअघि रुँदै टिकटक लाइभमा बसेकी मधुले अब दोस्रो श्रीमानसँग पनि बस्नै नसक्ने अवस्थामा पुगेको बताएकी थिइन्। गर्भवती अवस्थामा पनि मधुले अष्ट्रेलियामा श्रीमानका अलावा ससुराबाट पटकपटक यौन दुर्व्यवहार भएको भनेकी थिइन्।
आफ्नो सांगीतिक करिअरलाई बिट मार्दै अष्ट्रेलिया पुगेकी मधुले आफूलाई श्रीमानले दिनरात कुट्ने गरेको टिकटकबाट सार्वजनिक गरेकी थिइन्।
तर, सन्तानलाई जन्म दिएपछि भने मधुले आफ्ना पीडा भुलेको उल्लेख गरेकी छन्।
फेसबुकमा श्रीमान् सुरेशलाई त्याग गर्दै उनले लेखेकी छन्, 'सन्तान देखेपछि आफ्नो शरीर काटेको पीडा पनि भुलें।'
पुष १, २०८१ सोमबार २०:२८:०२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।