आयुष अलिजे : ट्रोल सहन सकेनन् टिकटकबाट गायब भए, माहोल शान्त भयो फेरि फर्किए

काठमाडौं : आमासँगको विवादलाई लिएर ट्रोल बनेपछि टिकटकबाट गायब भएका टिकटकर आयुषसिंह ठकुरी र एलिजे जमाली फर्किएका छन्।
गत साता आयुष आफ्नी आमा नानुसिंह ठकुरीसँगको कुरालाई लिएर आलोचित बनेका थिए। सोही कुरालाई लिएर नकारात्मक कमेन्ट आउन थालेपछि आयुष र एलिजे दुवैले मंसिर २४ मा टिकटक डिएक्टिभ गरेका थिए।
टिकटक डिएक्टिभ गरेपछि इन्ट्राग्राममार्फत उनीहरूले आफूहरूमाथि साइबर बुलिङ भएपछि केही समयका लागि टिकटकबाट ब्रेक लिएको बताएका थिए।
तर, अहिले माहोल अलि शान्त भएपछि उनीहरू दुवैजना टिकटकमै फर्किए। त्यतिमात्र हैन,उनीहरूले भिडिओ पोस्ट गरिसकेका छन्। सोमबार उनीहरू लाइभसमेत आएका थिए।
अछामका आयुष र पाकिस्तानकी एलिजेबीच टिकटकबाटै प्रेम सम्बन्ध सुरू भएको थियो। यी दुईले केही महिनाअघि इन्गेजमेन्ट समेत गरेका थिए।
गतसाता आयुषले नयाँ घर किनेको खबर सार्वजनिक भएको थियो। त्यसपछि झन् धेरैले आयुष र उनकी आमासँगको विवादलाई लिएर टिकटकमा ट्रोल बनाइरहेका थिए/छन्।
एलिजेलाई टिकटकमा २३ लाखले पछ्याएका छन् भने आयुषका १३ लाख फलोअर्स छन्।
पुष १, २०८१ सोमबार १९:४८:४७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।