ब्रिस्बेन टेस्टमा भारतलाई सुरुवाती झट्का

एजेन्सी : ब्रिस्बेनमा अष्ट्रेलियासँगको तेस्रो टेष्ट खेलमा भारतलाई सुरुवाती झट्का लागेको छ। तेस्रो दिनको पहिलो सत्रमा नै भारतीय टोलीले ३ विकेट गुमाएको छ।
भारतीय ओपनर यशस्वी जैसवाल मात्र ४ रन बनाएर आउट भए भने शुभमन गिल खाता खोल्नुअघि नै आउट भएका थिए।
यी दुवै विकेट अस्ट्रेलियाका बलर मिचेल स्टार्कले लिएका छन्। त्यसपछि ब्याटिङमा आएका विराट कोहली पनि मात्र ३ रन बनाएर हेजलउडको शिकार बने।
पहिलो इनिङ्समा अस्ट्रेलियाले बनाएको ४४५ रनको जवाफमा भारतले तेस्रो दिनको खाजाको ब्रेकसम्म २२ रनमै तीन विकेट गुमाएको थियो।
पाँच खेलको यो शृङ्खलामा दुवै टोलीले एक एक खेल जितेर बराबरी गरेका छन्।
यस सिरिजको पहिलो खेलमा भारत विजयी भएको थियो भने दोस्रो खेलमा अस्ट्रेलियाले भारतलाई १० विकेटले पराजित गरेको थियो।
पुष १, २०८१ सोमबार ०९:४६:४९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।