एनपीएलको समूह चरणको अन्तिम खेलमा सुदूरपश्चिमले टस जित्यो

काठमाडौं : नेपाल प्रिमियर लिग(एनपीएल)को समूह चरणको अन्तिम खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सविरुद्ध टस जितेको छ।
टियु क्रिकेट मैदानमा भएको टस जितेर सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले बलिङ रोजेका हुन्।
प्लेअफमा स्थान बनाउन कर्णालीलाई यो खेल सामान्य अन्तरको जित आवश्यक छ।
यदि सामान्य अन्तरले पराजित भए पनि कर्णालीले प्लेअफमा स्थान बनाउनेछ।
आइतबार विराटनगर किंग्ससँग विजयी सुदूरपश्चिमले टोलीमा कुनै परिवर्तन गरेको छैन।
पुष १, २०८१ सोमबार ०९:२१:३८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।