मौसम पूर्वानुमान महाशाखाको वेबसाइट ह्याक

मौसम पूर्वानुमान महाशाखाको वेबसाइट ह्याक

काठमाडौं : मौसम पूर्वानुमान महाशाखाको वेबसाइट ह्याक भएको छ।

सोमबार विहान उसको वेबसाइटमा जाँदा क्याप्टेनस्कोकथ्रीआरले वेबसाइट ह्याक गरेको उल्लेख गरेको हो।

वेबसाइटलाई फर्काउने प्रयास भइरहेको महाशाखाले जनाएको छ।

देशभर चिसो बढेलगत्तै महाशाखाको वेबसाइटमा ट्राफिक बढ्ने गरेको थियो। यस्तो अवस्थामा ह्याकरले महाशाखाको वेबसाइट नै ह्याक गरेको हो।

पुष १, २०८१ सोमबार ०९:०८:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।