मुलपानीमा नेपाल र हङकङ एकदिवसीय सिरिज खेल्दै

काठमाडौं : नेपालको १९ वर्षमुनिको क्रिकेट टोलीले आज हङकङविरुद्धको तीन खेलको एकदिवसीय सिरिजको पहिलो खेल खेल्दैछ।
खेल विहान पौने नौ बजे मुलपानीस्थित माथिल्लो मुलपानी क्रिकेट मैदानमा हुनेछ।
तीन खेलको एक दिवसीय सिरिजका लागि नेपाली टोलीले अभिषेक तिवारीको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरिसकेको छ।
जसमा सोहेल कुँवर, सुर्यान्सु कोइराला, नरेन भट्ट, रोशन विश्वकर्मा, दिसाद अली, निरजकुमार यादव, सन्तोष यादव छन्।
यसका अलावा दयानन्द मन्डल, अफ्रुदिन रैन, सुजन प्रसाद घिमिरे, अपराजित पौडेल, सिब्रिन श्रेष्ठ, राजेश बोहरा र दीपक केरेला छन्।
पुष १, २०८१ सोमबार ०७:४८:०५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।