पाकिस्तानविरुद्धको टी२० सिरिजमा एक खेलअगावै दक्षिण अफ्रिका विजयी

काठमाडौं : पाकस्तिानविरुद्धको तीन खेलको टी२० सिरिज दक्षिण अफ्रिकाले जितेको छ।
दक्षिण अफ्रिकाको सेन्चुरियनमा भएको दोस्रो टी२० मा पाकिस्तानलाई सात विकेटले पराजित गरेसँगै दक्षिण अफ्रिकाले एक खेल अगावै सिरिज जितेको हो।
पाकिस्तानले दिएको २०७ रनको लक्ष्य दक्षिण अफ्रिकाले तीन विकेटको क्षतिमा तीन बल बाँकी छँदै भेट्टायो।
उसका लागि रीजा हेन्ड्रिक्सले ६३ रनमा सात चौका र १० छक्काको मद्दतमा एक सय १७ रनको शतक बनाउँदा रासी वाद दर दुसेंले ६६ रनको अर्धशतकीय पारी खेले।
पाकिस्तानका लागि जहानदाद खानले दुई र अब्बा अफरिदीले एक रन लिए।
त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको पाकिस्तानले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा पाँच विकेटको क्षतिमा सइद अयूबले अविजित ९८ रन बनाउँदा बाबर आजमले ३१ र इरफान खानले ३० रन जोडे।
मोहम्मद रिजवान ११ रनमा आउट हुँदा अब्बास अफरिदी अविजित हुँदै ११ रन बनाए।
दक्षिण अफ्रिकाका ड्यान गलियम र आटनील बार्टम्यानले समान दुई–दुई विकेट लिँदा जर्ज लिडेले एक विकेट लिए।
सिरिजको तेस्रो खेल आज राति हुनेछ।
मंसिर २९, २०८१ शनिबार १०:३९:४९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।