माओवादी केन्द्रको स्थायी समिति बैठक आज

माओवादी केन्द्रको स्थायी समिति बैठक आज

काठमाडौं : माओवादी केन्द्रको स्थायी समिति बैठक बिहीबार बस्दैछ।

बैठक दिउँसो तीन बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने सचिव गणेश साहले जानकारी दिए।

साहका अनुसार आसन्न केन्द्रिय समितिको बैठकको तयारीलगायत विषयमा छलफल गर्न बैठक बोलाइएको हो।

माओवादीले पुस तीन गते केन्द्रीय समितिको बैठक राख्ने तयारी गरेको छ।

बैठकमा विधान संशोधन, नेताहरूको कार्यविभाजन, स्थानीय तहको निर्वाचनको समीक्षा र समसमायिक राजनीतिबारे छलफल हुने साहले बताए।

मंसिर २७, २०८१ बिहीबार ०८:०१:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।