सिरियाको अन्तरिम सरकारका प्रधानमन्त्रीले जनतालाई के भने?

एजेन्सी : सिरियाको नयाँ अन्तरिम सरकारका प्रधानमन्त्री मोहम्मद अल-बसिरले जनताले ‘स्थिरता र शान्तिको आनन्द लिने’ समय आएको बताएका छन्।
मोहम्मद अल-बशीर उत्तर-पश्चिममा विद्रोही प्रशासनका पूर्व प्रमुख हुन्। उनले अल-जजिरासँग कुरा गरे।
बसिरले मंगलबार राजधानी दमास्कसमा मन्त्रीहरूसँग भेट गरेका थिए। उक्त बैठकमा वर्तमान अन्तरिम सरकारका मन्त्रीहरूसँगै पूर्व राष्ट्रपति बसर अल असद सरकारका मन्त्रीहरू पनि सहभागी थिए।
बैठकमा विभाग र संस्थाको स्थानान्तरणबारे छलफल भएको थियो।
हालै सिरियाली तत्कालीन राष्ट्रपति बसर अल-असदको सरकार विरुद्ध हयात तहरीर अल-शाम (एचटीएस)को नेतृत्वमा विद्रोह भएको थियो, त्यसपछि बसर अल-असदले देश छोडेर रुस भाग्नुपर्यो।
सिरियामा भएको नाटकीय राजनीतिक घटनाक्रमपछि हयात तहरीर अल-शाम र यसको सहयोगीहरूलाई मार्च २०२४ सम्म सत्ताको जिम्मेवारी दिइएको छ।
मंसिर २६, २०८१ बुधबार १२:१२:४० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।