एक सय २३ रनमा समेटियो सुदूरपश्चिम रोयल्स, किशोर महतोले लिए चार विकेट

एक सय २३ रनमा समेटियो सुदूरपश्चिम रोयल्स, किशोर महतोले लिए चार विकेट

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई एक सय २४ रनको लक्ष्य दिएको छ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङमा तानिएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय २३ रन जोड्यो।

उसका लागि विनोद भण्डारीले सर्वाधिक ३३ रन बनाए। सैफ अली जैब २१, इसान पाण्डे १७ र ब्रान्डन म्याकमुलन ११ रन बनाउँदा बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।

जनकपुरका किशोर महतोले चार विकेट लिँदा शेर मल्ल र अरनिको यादवले समान दुई-दुई विकेट लिँदा हर्ष ठाकरले एक विकेट लिए। जनकपुरले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।

प्रतियोगितामा जनकपुर अपराजित रहँदै आठ अंकसहित तालिकाको शीर्ष स्थानमा हुँदा सुदूरपश्चिम तीनमा जितसहित दोस्रो स्थानमा छ।

मंसिर २६, २०८१ बुधबार १०:३३:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।