सात तस्बिरमा हेर्नुहोस्, चीनबाट हङकङ-मकाओ जोड्ने ३१ किलोमिटर लामो पुल

एजेन्सी : दक्षिण चीनको ग्वाङडोङ-हङकङ-मकाओ जोड्ने सामुन्द्रिक च्यानल पुल यातायातका लागि खोलिने भएको छ। पुल संचालनका लागि सबै इलेक्ट्रोमेकानिकल उपकरणहरू जडान पूरा भएको छ।
गुआङडोङ प्रान्तको झुहाई शहर र जियाङ्मेनलाई जोड्ने पुल हङकङ-झुहाई-मकाओ क्रस-‘सी’ मेगा ब्रिज र शेन्जेन-झोङ्सान च्यानलपछिको अर्को मेगा क्रस‘सी’ च्यानल परियोजना हो।
सन् २०२० बाट निर्माण सुरू भएको पुल ३१ किलोमिटर लामो छ। दुईतर्फी छ लेन राजमार्ग संरचना रहेको पुल संचालनमा आएपछि झुहाई र जियाङ्मेन बीचको यात्रा आधा घन्टा घट्नेछ। पुल साढे चार बर्ष लगाएर निर्माण गरिएको हो।
मंसिर २५, २०८१ मंगलबार १८:१९:३८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।