महेश बाबुले रिजेक्ट गरेको फिल्म पुष्पा-२ मा जब अल्लु अर्जुनको प्रवेश भयो

काठमाडौं : दक्षिण भारतीय अभिनेता अल्लु अर्जुन अभिनीत फिल्म 'पुष्पा २' चार दिनमा विश्वभरबाट ८२७ करोड भारतीय रुपैयाँ ग्रसकलेक्सन गरेको छ।
यो फिल्मले आइतबार हिन्दी संस्करणमा मात्रै ८६ करोड भारू कमाएको छ। योसँगै एक दिनमै ८६ करोड भारू कमाउने पहिलो फिल्मको रेकर्ड राखेको छ पुष्पा-२ले।
पहिलो दिन यो चलचित्रको वर्ल्डवाइड कलेक्सन २९४ करोड थियो। यो पनि भारतीय चलचित्रको ओपनिङ कलेक्सनको रेकर्ड थियो।
'पुष्पा-२' तीन दिनमा सर्वाधिक कमाइ गर्ने र दुई अलग दिनमा ७० करोडमाथि व्यापार गर्ने पहिलो भारतीय फिल्म बन्यो।
यसअघि सर्वाधिक ठूलो ओपनिङ र तीन दिनमा सबैभन्दा धेरै कमाइ गर्ने फिल्मको कीर्तिमान अभिनेता शाहरुख खान अभिनीत फिल्म ‘जवान’को नाममा थियो। यसले ६५ करोड ५० लाखको ओपनिङ गरेको थियो भने तीन दिनमा १ सय ८० करोड छापेको थियो।
५०० करोडमा बनेको यो फिल्मका लागि अल्लु अर्जुनले ३०० करोड भारू पारिश्रमिक लिएका थिए। यसबाट उनी भारतकै महँगो अभिनेता पनि बनेका छन्।
तर यो फिल्मका लागि अल्लु अर्जुन निर्माताका पहिलो रोजाइ थिएनन्। फिल्मका निर्देशक सुकुमारले अभिनेता महेश बाबुलाई पहिलो प्रस्ताव गरेका थिए। भारतीय सञ्चारमाध्य बलिउड दैनिक जागरणका महेश बाबुले फिल्म अस्वीकार गरेका थिए।
'पुष्पा' को अफर आउँदा महेश बाबु फिल्म 'एन्टी हीरो' मा काम गरिरहेका थिए। समय नमिल्ने भएपछि उनले फिल्मको प्रस्ताव अस्वीकार गरेका थिए।
त्यसपछि सुकुमारनले अल्लु अर्जुनलाई फिल्म प्रस्ताव गरेका थिए। उनले सहजै स्वीकार गरिदिए।
'पुष्पा-२'मा अभिनेता अल्लु अर्जुन र अभिनेत्री रश्मिका मन्दना मुख्य भूमिकामा छन् ।
चलचित्रलाई सुकुमार बान्द्रेडीको निर्देशन गरेका छन्। चलचित्रको कथा पनि निर्देशक स्वयंले लेखेका छन्।
मंसिर २४, २०८१ सोमबार १८:४७:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।