आमासँगको पारिवारिक विवादले ट्रोल हुन थालेपछि टिकटकबाट हराए आयुष र एलिजे

आमासँगको पारिवारिक विवादले ट्रोल हुन थालेपछि टिकटकबाट हराए आयुष र एलिजे

काठमाडौं : पछिल्लो केही समययता ट्रोल बनिरहेका टिकटकर आयुषसिंह ठकुरी र एलिजे जमाली टिकटकबाट हराएका भएका छन्। सोमबार बिहानदेखि आयुष र एलिजे दुवैको टिकटक अकाउन्ट देखिन छोडेको हो।

आयुष र एलिजेले आफैंले टिकटक अकाउन्ट बन्द गरेका हुन् कि टिकटकले उनीहरूको अकाउन्ट हटाएको हो भन्ने खुलेको छैन।

अछामका आयुष र पाकिस्तानकी एलिजेबीच टिकटकबाटै प्रेम सम्बन्ध सुरू भएको थियो। यी दुईले केही महिनाअघि इन्गेजमेन्ट समेत गरेका थिए।

तर, केही समययता आयुष र उनकी आमा नानुसिंह ठकुरीबीचको पारिवारिक विवाद टिकटकमा देखिएको थियो। आमालाई अपमान गरेको भन्दै धेरैले आयुषको आलोचना गरिरहेका छन्।

गतसाता आयुषले नयाँ घर किनेको खबर सार्वजनिक भएको थियो। त्यसपछि झन् धेरैले आयुष र उनकी आमासँगको विवादलाई लिएर टिकटकमा ट्रोल बनाइरहेका छन्। 

आयुषलाई टिकटकमा १३ लाखले फलो गरेका थिए भने अलिजेलाई २२ लाखले फलो गरेका थिए।

मंसिर २४, २०८१ सोमबार १७:३४:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।