विद्रोहीले सिरिया कब्जा गरेपछि अमेरिकाले भन्यो- अप्रत्याशित घटना!

विद्रोहीले सिरिया कब्जा गरेपछि अमेरिकाले भन्यो- अप्रत्याशित घटना!

एजेन्सी : सिरियाको विद्रोही समूह हयात तहरीर अल-शाम (एचटीएएस)ले राजधानी दमास्कस कब्जा गरेपछि अमेरिकाले पहिलोपटक प्रतिक्रिया जनाएको छ।

ह्वाइट हाउसले अमेरिकी राष्ट्रपति जो बाइडेनले सिरियामा भइरहेका अप्रत्याशित घटनालाई नजिकबाट नियालिरहेको भनेको छ।

सिरियाली प्रधानमन्त्री मोहम्मद गाजी अल जलालीले आफू दमास्कसमा रहेको र जनताको हितमा काम गर्न तयार रहेको बताएका छन्।

सामाजिक सञ्जालमा राखिएको सन्देशमा उनले भनेका छन्, 'सिरिया अरू देशजस्तै आफ्ना छिमेकी र विश्वका अन्य मुलुकहरूसँग राम्रो सम्बन्ध राख्ने राष्ट्र बन्न सक्छ।'

विद्रोही समूह एचटीएएसले आफ्नो टेलिग्राम च्यानलमा सिरियाको सबैभन्दा ठूलो सहर देइर अजोरमा सरकारी सेनाले उनीहरूसमक्ष आत्मसमर्पण गरेको जनाएको छ। यो घोषणा विद्रोही समूह सहरमा प्रवेश गरेको खबर सार्वजनिक भएको एक मिनेटपछि आएको हो। 
-बीबीसी 

मंसिर २३, २०८१ आइतबार १४:१७:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।