नेपाल एसबिआई बैंकद्वारा कैलालीको विद्यालयको विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

काठमाडौं : नेपाल एसबिआई बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत कैलालीको लम्कीचुहा नगरपालिका–३, को नेपाल राष्ट्रिय कर्णाली माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूका लागि शैक्षिक सामग्री वितरण गरेको छ।
बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार देले नेपाल राष्ट्रिय कर्णाली माध्यमिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष बसन्ती बलामी र प्रधानाध्यापक जंगबहादुर तारामीलार्ई एक कार्यक्रमकाबीच हस्तान्तरण गरेका हुन्।
सो कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तिय अधिकृत राजेश कुमार पंडा, प्रमुख सञ्चालन अधिकृत विकास आनन्द, प्रमुख कर्जा अधिकृत अर्जुन नेपाल, प्रमुख व्यवसाय प्रवर्दधन अधिकृत रितेश अर्याल, बैंकका सुदूरपश्चिम प्रदेश प्रमुख सन्तोष कुमार भन्डारी र बैंक तथा स्कुल समितिका अन्य पदाधिकारीको समेत उपस्थिति थियो।
बैंकले शिक्षा क्षेत्रमा यस किसिमको कार्यक्रम समय समयमा गर्दै आइरहेको छ। हाल बैंकले १०० शाखा, २२ एक्सटेन्सन काउण्टर, ७ प्रदेश कार्यालय, १९ शाखारहित बैंकिङ सेवा, १२१ एटीएम र १ कर्पोरेट कार्यालय मार्फत सेवा प्रदान गर्दै आएको छ।
मंसिर २२, २०८१ शनिबार १३:५४:२२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।