सिरियाली विद्रोही समूहद्वारा हामा शहर कब्जामा

सिरियाली विद्रोही समूहद्वारा हामा शहर कब्जामा

एजेन्सी : सिरियाली विद्रोही समूहले हामा सहरलाई पूर्ण रूपमा आफ्नो नियन्त्रणमा लिएको दाबी गरेका छन्।

इस्लामिक चरमपन्थी विद्रोही समूह हयात तहरीर अल-शाम (एचटीएस)का नेता अबु मोहम्मद अल-जवलानीले हामामा विजय घोषणा गरेका हुन्।

सेनाले छोडेपछि उनले शहरमा ‘कसैबाट पनि बदला नलिने’ बताएका छन्।

यसअघि विद्रोही र उनका सहयोगीहरूले हामाको केन्द्रीय कारागार कब्जा गरेका थिए। त्यसपछि उनले भीषण झडपका बीच कैदीहरूलाई रिहा गरे।

अलेप्पोबाट ११० किलोमिटर दक्षिणमा अवस्थित हामामा १० लाख मानिस बस्छन्।

मंसिर २१, २०८१ शुक्रबार ०९:१४:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।