साउथ स्टार नागा चैतन्य र शोभिता धुलिपालाले कसे लगनगाँठो

साउथ स्टार नागा चैतन्य र शोभिता धुलिपालाले कसे लगनगाँठो

एजेन्सी : दक्षिण भारतीय कलाकार नागा चैतन्य र शोभिता धुलिपाला विवाह बन्धनमा बाँधिएका छन्। केही समयदेखि प्रेम सम्बन्धमा रहेका यी दुईले बुधबार विवाह गरेका हुन्। 

विवाहमा परिवारका साथै दुवैका नजिकका साथीभाइहरु उपस्थित थिए। अभिनेता नागाका बुवा अक्किनेनी नागार्जुनले सामाजिक सञ्जालमा तस्वीरहरु सेयर गरेर बधाई दिँदै खुसी व्यक्त गरेका छन्।

उनले लेखेका छन्, ‘शोभिता र चाई(नागा)ले यस सुन्दर अध्यायलाई सँगै शुरु गरेको देख्नु मेरो लागि विशेष र भावनात्मक क्षण हो। बधाई छ मेरी प्यारी चाई र परिवारमा स्वागत छ, प्रिय शोभिता। तिमीले पहिले नै हाम्रो जीवनमा धेरै खुसी ल्याइसकेका छौ।’

हैदरावादस्थित अन्नपूर्ण स्टुडियोमा भएको विवाह समारोहमा राम चरण, नयनतारा, जुनियर एनटीआर, अल्लु अर्जुनलगायतका स्टारहरू उपस्थित थिए।

अन्नपूर्ण स्टुडियो नागाको हजुरबुवा अक्किनेनी नागेश्वर रावले सन् १९७६ मा स्थापना गरेका थिए। नागा र शोभिताको पहिलो भेट पनि हैदरावादमा नै भएको थियो।

त्यसपछि नागा र शोभिताले अगस्टमा इन्गेजमेन्ट गरेका थिए।  

मंसिर २०, २०८१ बिहीबार २०:२०:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।