हत्या मुद्दामा सर्वोच्चले कैद सुनाएपछि भागेकी प्रतिवादी १५ वर्षपछि पक्राउ

हत्या मुद्दामा सर्वोच्चले कैद सुनाएपछि भागेकी प्रतिवादी १५ वर्षपछि पक्राउ

काठमाडौं : कर्तव्य ज्यान मुद्दामा फरार प्रतिवादी १५ वर्षपछि पक्राउ परेका छन्। 

२०६७ असोज २० मा दोलखाको गैरीमुदी गाविस-३ का वीरबहादुर तामाङको हत्या गरी फरार रहेकी कमला गोले तामाङलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले आज काठमाडौंको गोकर्णेश्वरबाट पक्राउ गरेको हो। 

गोलेले वीरबहादुरलाई खुकुरी प्रहार गरी हत्या गरेको मुद्दामा सर्वोच्च अदालतले २०७२ भदौ ११ मा १२ वर्ष कैद ठहर गरेको थियो। 

दोलखाको वैतेश्वर गाउँपालिका-१ बस्ने ४७ वर्षीया कमला सर्वोच्चको फैसलालगत्तै फरार भएकी प्रहरीले जनाएको छ।  

मंसिर २०, २०८१ बिहीबार १७:३८:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।