आजबाट हलमा लाग्यो ‘पुष्पा २’, विहान साढे चार बजेदेखि राति १२ बजेसम्मको शो हाउसफुल

काठमाडौं : आजबाट हलहरूमा दक्षिण भारतीय फिल्म ‘पुष्पा २’ प्रदर्शनमा आएको छ।
नेपाली प्रदर्शकहरुका लागि सुखद् रहेकोमा ‘पुष्पा २’ले पनि त्यसमा बल थपेको छ। हलमा यो फिल्मका शोहरु विहान साढे चार बजेदेखि राति पौने १२ बजेसम्म राखिएको छ।
आज मात्र होइन, भोलिका लागि पनि विहानदेखि रातिसम्म शोहरु राखिएका छन्। ती सबै शोहरु हाउफुल भइसकेका छन्।
नेपालका हलहरुमा फिल्मको शनिबारसम्मका शोको अकुपेन्सी राम्रो छ भने केही हलहरूमा भने शनिबारसम्मको सबै शो हाउसफुल भइसकेको छ।
यस्तै आज हलमा ‘पूर्णबहादुरको सारङ्गी’, ‘तेल भिसा’ र ‘मोयना२’ प्रदर्शनत छन्।
मंसिर २०, २०८१ बिहीबार ०९:३२:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।