अविश्वासको प्रस्ताव बहुमतले पास भएपछि तीन महिनामै ढल्यो फ्रान्सको सरकार

एजेन्सी : बनेको तीन महिनामै फ्रान्सका प्रधानमन्त्री मिशेल बर्नियरको सरकार ढलेको छ।
बुधबार संसदमा अविश्वासको प्रस्तावको पक्षमा भारी बहुमत आएसँगै उनको सरकार तीन महिनामै ढलेको हो।
सन् १९६२ पछि अविश्वासको प्रस्तावका कारण फ्रान्सेली सरकार ढलेको यो पहिलो पटक हो।
सोमबार उनीविरुद्ध दक्षिणपन्थी र वामपन्थी दलले मिलेर संसदमा अविश्वासको प्रस्ताव पेश गरेका थिए।
प्रधानमन्त्री बर्नीले आफ्नो बजेट विना मतदान पारित गराउन विशेष शक्ति प्रयोग गरेपछि विपक्षी दलहरूले उनीविरुद्ध अविश्वासको प्रस्ताव ल्याएका हुन्।
तीन महिनाअघि प्रधानमन्त्री बनेका मिशेल बर्नियरले आज राजीनामा दिन सक्नेछन्।
मंसिर २०, २०८१ बिहीबार ०८:०४:०१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।