एनपीएल : काठमाडौंले टस जित्यो

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को बुधवारको पहिलो खेलमा कर्णाली याक्सविरुद्ध काठमाडौं गुर्खाजले टस जितेर बलिङ रोजेको छ।
टियु क्रिकेट मैदानमा भएको टसमा काठमाडौंका कप्तान करण केसीले टस जितेर बलिङ रोजेका हुन्।
दुवै टोली पहिलो खेलमा पराजित भएकाले यस खेलमा जितका साथ प्रतियोगितामा पहिलो जित हात पार्न चाहान्छन्।
काठमाडौं पहिलो खेलमा चितवन राइनोजसँग ५ विकेटले पराजित भएको थियो। कर्णाली भने जनकपुर बोल्ट्ससँग ८ विकेटले पराजित भएको थियो।
काठमाडौं करण केसीको कप्तानीमा रहँदा कर्णाली भने सोमपाल कामीको कप्तानीमा रहेको छ।
मंसिर १९, २०८१ बुधबार ०८:५५:५९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।