एनपीएल खेल्न अस्ट्रेलियाका अलराउन्डर विलियम नेपालमा

एनपीएल खेल्न अस्ट्रेलियाका अलराउन्डर विलियम नेपालमा

काठमाडौं : फ्रेन्चाइजी टोली कर्णाली याक्सबाट नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न अस्ट्रेलियाका अलराउन्डर विलियम बोसिस्टो नेपाल आएका छन्।

उनलाई कर्णाली याक्सका प्रशिक्षक ज्ञानेन्द्र मल्ल र कन्सलटेन्ट कोच  राजु बस्नेत ले स्वागत गरेका थिए।

३१ वर्षीय विलियमले प्रथम श्रेणी, लिस्ट ‘ए’ र टी-२० प्रतियोगिता खेलेका छन्।

उनले अस्ट्रेलियाको यू-१९ टोलीबाट पनि लामो समय क्रिकेट खेलेका थिए। उनले प्रथम श्रेणीको क्रिकेटमा २८ खेल खेल्दै कुल एक हजार एक सय चार रन बनाएका छन्।

मंसिर १९, २०८१ बुधबार ०७:५६:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।