यू१९ एसिया कपमा नेपालले टस हार्‍यो

यू१९ एसिया कपमा नेपालले टस हार्‍यो

काठमाडौं : युएईमा जारी रहेको यु १९ एसिया कपमा सान्त्वना जितको खोजीमा रहेको नेपालले अफगानिस्तानविरुद्ध टस हारेको छ।

युएईको सारजाहमा अफगानिस्तानले टस जितेर नेपाललाई बलिङको निम्ताे दिएको छ। दुवै टोली जितले सान्त्वना जितसहित प्रतियोगिता अन्त्यको लागि प्रयास गर्नेछन्‌।

नेपाल पहिलो खेलमा श्रीलंकासँग ५५ रन र दोस्रो खेलमा बंगलादेशसँग ५ विकेटले पराजित भएको थियो।

अफगानिस्तान पहिलो खेलमा बंगलादेशसँग ४५ रन र दोस्रो खेलमा श्रीलंकासँग १ सय ३१ रनले पराजित भएको थियो।

मंसिर १८, २०८१ मंगलबार ११:१३:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।