विराटनगर किंग्सल सुदूरपश्चिम रोयल्सविरुद्ध टस जित्यो

काठमाडौं : मंगलबार हुने नेपाल प्रिमियर लिग(एनपीएल)को पहिलो खेलमा विराटनगर किंग्सले सुदूरपश्चिम रोयल्सविरुद्ध टस जितेको छ।
कीर्तिपुरमा रहेको टियु क्रिकेट मैदानमा मंगलवारको पहिलो खेलमा विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिले बलिङ रोजेका छन्।
विराटनगर दोस्रो खेलमा पहिलो जितको खोजीमा छ।
विराटनगर पहिलो खेलमा जनकपुर बोल्ट्ससँग ८ विकेटले पराजित भएको थियो। सुदूरपश्चिम भने पहिलो खेल खेल्दैछ।
मंसिर १८, २०८१ मंगलबार ०८:५५:१३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।