यु-१९ एसिया कपको अन्तिम खेलमा नेपालले आज अफगानिस्तानसँग खेल्दै

यु-१९ एसिया कपको अन्तिम खेलमा नेपालले आज अफगानिस्तानसँग खेल्दै

काठमाडौं : लगातार दोस्रो पराजय ब्यहोर्दै नेपाल एसिसी यु-१९ एसिया कपको समूह चरणबाटै बाहिरिएको नेपालले आज अफगानिस्तानसँग खेल्दैछ।

युएईको दुबई अन्तर्राष्ट्रिय रंगशालामा यी दुई बीचको खेल बिहान पौने ११ बजे सुरू हुनेछ।

आइतबार सम्पन्न खेलमा नेपाल बंगलादेशसँग पाँच विकेटले पराजित भयो। नेपालले प्रस्तुत गरेको १४२ रनको लक्ष्य बंगलादेशले २८ दशमलव ४ ओभरमा पाँच विकेट गुमाउँदै पूरा गर्यो।

पहिलो खेलमा नेपालले श्रीलंकाविरुद्ध ५५ रनको हार ब्यहोरेको थियो।  अफगानिस्तान पनि श्रीलंका र बंगलादेशसँग पराजित भएर बाहिरिसकेको छ। 

मंसिर १८, २०८१ मंगलबार ०७:५१:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।