सानीभेरीमा कांग्रेसको साख कायमै, वडाध्यक्षमा ५८ मतले मोतिराम खत्री विजयी

काठमाडौं : रुकुम पश्चिमको सानीभेरी गाउँपालिका-५ को वडाअध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ।
आइतबार भएको स्थानीय तह उपनिर्वाचनमा कांग्रेसका मोतिराम खत्रीले ५९० मत ल्याएर निर्वाचित भएका हुन्।
उनका निकटतम प्रतिस्पर्धी माओवादीका जसिराम बस्नेतले ४३७ मत ल्याए। यहाँ कांग्रेसलाई एमाले र एकीकृत समाजवादीले साथ दिएका थिए।
उनीहरूबीच ५३ मतअन्तर रहेको छ।
एक हजार १४६ खसेको मतमध्ये १९ मत बदर भएका थिए। यहाँ यसअघि पनि कांग्रेसले नै जितेको थियो।
मंसिर १६, २०८१ आइतबार २१:५०:३९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।