स्थानीय तह उपनिर्वाचन : दुहुँ गाउँपालिका-५ को वडाध्यक्षमा १८ मतले कांग्रेसका कुँवर विजयी

स्थानीय तह उपनिर्वाचन : दुहुँ गाउँपालिका-५ को वडाध्यक्षमा १८ मतले कांग्रेसका कुँवर विजयी

काठमाडौं : स्थानीय तह उपनिर्वाचनमा दार्चुलाको दुहुँ गाउँपालिका वडा नम्बर ५ को वडाध्यक्षमा धनसिंह कुँवर विजयी भएका छन्।

आइतबार भएको उपनिर्वाचनको मतगणनामा नेपाली कांग्रेसका कुँवर ३७६ मत ल्याएर विजयी भएका हुन्।

निर्वाचनमा उनका निकटतम प्रतिस्पर्धी एमालेका मानसिंह बडालले ३५८ मत ल्याए। उनीहरूबीच मतान्तर १८ मात्र रह्यो।

मतगणनामा माओवादी केन्द्रका वीरसिंह कार्कीले ९८ मत ल्याए।

वडाध्यक्ष पदमा भएको उपनिर्वाचनमा ८७७ मत खसेको थिए। खसेका मतमध्ये २० मत बदर भएका छन्।

मंसिर १६, २०८१ आइतबार २१:४५:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।