स्थानीय तह उपनिर्वाचन : माओवादी र एमालेलाई हराउँदै तिलगुफा-४ को वडाध्यक्षमा खड्गराज शाही विजयी

काठमाडौं : स्थानीय तह उपनिर्वाचनमा कालिकोटको तिलगुफा नगरपालिका वडा नम्बर ४ को वडाध्यक्षमा खड्गराज शाही विजयी भएका छन्।
आइतबार भएको उपनिर्वाचनको मतगणनामा नेपाल मजदुर किसान पार्टीका शाही एक सय ४३ मत ल्याएर विजयी भएका हुन्।
निर्वाचनमा उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रकी नैसोभा शाहीले एक सय १५ मत ल्याउँदा एमालेका ऐन बहादुर शाहीले ७८ मत ल्याए।
मत गणनामा कांग्रेसका पैल बहादुर शाही ४९ मत ल्याउँदा राष्ट्रिय प्रजातन्त्र पार्टीका गोगन बहादुर शाहीले १५ मत मात्र ल्याए।
यस क्षेत्रमा पहिला माओवादी केन्द्रले जितेको थियो।
मंसिर १६, २०८१ आइतबार २०:१८:०३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।