ओली चीन जानुअघिको अन्तिम मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणअघिको अन्तिम मन्त्रिपरिषद् बैठक जारी छ।
बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा केहीबेरअघि शुरू भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
प्रधानमन्त्रीको चीन भ्रमणको स्वीकृति गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले नै गरिसकेको अवस्थामा आजको मन्त्रिपरिषद् बैठक राखिएको हो।
प्रधानमन्त्रीले यसअघि हिजो शनिबार राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर भ्रमणबारे जानकारी गराएका थिए।
सामान्यतया मन्त्रिपरिषद् बैठक सोमबार र बिहीबार बस्दै आएको थियो।
मंसिर १६, २०८१ आइतबार १८:३९:४३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।