सकियो स्थानीय तह उपनिर्वाचन, मतपेटिका संलकलन पछि गणना थालिने

सकियो स्थानीय तह उपनिर्वाचन, मतपेटिका संलकलन पछि गणना थालिने

काठमाडौं : स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि आज भएको उपनिर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ।

बिहान ७ बजेदेखि शुरू भएको निर्वाचन अपराह्न ५ बजेसम्म सबै निर्वाचनस्थल र केन्द्रमा शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नीता पोख्रेल अर्यालले जानकारी दिए।

नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ सहित ४१ पदका लागि आज मतदान भएको थियो।

यो उपनिर्वाचनमा विभिन्न २० राजनीतिक दल र स्वतन्त्रगरी तीन सय ७६ उम्मेदवार प्रतिस्पर्धी छन्।

मतदान सम्पन्न भएसँगै मतपेटिका संकलनको काम शुरू भएको छ। अब मतपेटिका संकलन गरेर मतगणना केन्द्रमा ल्याएसँगै सर्वपक्षीय बैठक बसेर मतगणना थालिने निर्वाचन आयोगले जनाएको छ।

मंसिर १६, २०८१ आइतबार १७:३९:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।