जनकपुरबाट एनपीएल खेल्न काठमाडौं आइपुगे जिम्मी निसम

जनकपुरबाट एनपीएल खेल्न काठमाडौं आइपुगे जिम्मी निसम

काठमाडौं : न्युजिल्याण्डका अलराउण्डर जिम्मी निसम जनकपुर बोल्ट्सबाट नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न काठमाडौं आइपुगेका छन्।

निसमलाई जनकपुर बोल्ट्सका निर्देशक अमित श्रेष्ठ र एमडी निरोज खतिवडा लगायतले त्रिभुवन विमानस्थलमा स्वागत गरे।

पहिलो पटक नेपाल आएका निसमले जनकपुर बोल्ट्सबाट एनपीएल खेल्न उत्साहित रहेको बताए।

एनपीएलको उद्घाटन खेलमा शनिबार बोल्ट्सले विराटनगर किंग्सलाई हराएर विजयी सुरूवात गरेको छ। निसमले पहिलो खेल गुमाएका थिए।

जनकपुरमा अनुबन्ध हुने उनी सबैभन्दा ठूला खेलाडी हुन्। ३४ वर्षीय अलराउण्डर निसमले न्युजिल्याण्डका लागि १२ टेष्ट, ७६ ओडीआई र ७९ टी-२० आई खेलेका छन्।

मंसिर १६, २०८१ आइतबार १७:२५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।