आईसीसीको अध्यक्षको कार्यभार सम्हालेपछि जय शाहले के भने?

आईसीसीको अध्यक्षको कार्यभार सम्हालेपछि जय शाहले के भने?

काठमाडौं : भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)का निवर्तमान सचिव जय शाहले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को अध्यक्षको कार्यभार सम्हालेका छन्।

उनको कार्यकाल आजबाट शुरू भएको हो। आफ्नो कार्यकाल शुरू भएपछि दिएको पहिलो वक्तव्यमा जय शाहले आफ्नो प्राथमिकताका बारेमा बताएका छन्।

जय शाहको विज्ञप्ति अनुसार उनको प्राथमिकतामा २०२८ मा हुने लस एन्जलस ओलम्पिकमा क्रिकेट समावेश गर्ने र क्रिकेटमा महिलाको सहभागिता बढाउने समावेश छ।

जय शाह सन् २०१९ मा बीसीसीआईको सबैभन्दा कान्छो सचिव बनेका थिए।

जय शाहले आफ्नो कार्यकालको शुरूमा आफ्नो वक्तव्यमा भनेका थिए, ‘आईसीसीको अध्यक्षको भूमिका निर्वाह गर्न पाउँदा आफूलाई सम्मानित महसुस भएको छ।’

आईसीसी अध्यक्ष हुनुअघि उनले बीसीसीआई सचिवको भूमिका निर्वाह गर्दै आएका थिए र बीसीसीआईमा उनको उत्तराधिकारीबारे अहिलेसम्म कुनै चर्चा भएको छैन।

उनी यसअघि एसियाली क्रिकेट काउन्सिल र आईसीसीको वाणिज्य तथा वित्तीय समितिको अध्यक्ष समेत भइसकेका छन्।

मंसिर १६, २०८१ आइतबार १६:५८:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।