विधान सभा निर्वाचनबारे केजरीवालको स्पष्ट सन्देश- ‘दिल्लीमा कुनै गठबन्धन हुँदैन’

एजेन्सी : भारतको दिल्ली राज्यको सत्ताधारी दल आम आदमी पार्टीका प्रमुख अरविन्द केजरीवालले आगामी वर्ष हुने विधानसभा निर्वाचनमा कुनै गठबन्धन नहुने बताएका छन्।
पार्टी मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा केजरीवालले यस्तो बयान दिएका हुन्। केजरीवालले शनिबार आफूमाथि भएको आक्रमण र पार्टीका विधायक नरेश बाल्यानको गिरफ्तारीको मुद्दा पनि उठाएका थिए।
उनले भने, ‘विगत दुई-तीन वर्षदेखि दिल्लीमा कानून व्यवस्थाको अवस्था नाजुक हुँदै गइरहेको छ, दिल्लीका जनता आतंकको वातावरणमा बाँचिरहेका छन्। दिल्लीको सडकमा खुलेआम गोली चलिरहेको छ। गुण्डाहरूले दिल्ली कब्जा गरेको जस्तो देखिन्छ।’
‘मेरो मुद्दा उठाएर अमित शाह जीले केही कारबाही गर्नेछन् भन्ने आशा गरेको थिएँ। तर बरु हिजो ममाथि हमला भएको हामीले देख्यौँ,’ उनले थपे, ‘म पदयात्रामा जाँदै थिएँ, ममाथि तरल पदार्थ फालियो। त्यो तरल हानिरहीत थियो। तर हानिकारक पनि हुन सक्थ्यो।’
आम आदमी पार्टीका विधायक नरेश बल्यानको गिरफ्तारीको सन्दर्भमा पनि केजरीवाल बोलेका थिए।
उनले भने, ‘हिजो हाम्रा एक विधायक पक्राउ परेका थिए र उनी पनि गुण्डाको सिकार भएका थिए। उसलाई विभिन्न प्रकारका गुण्डाहरूबाट फिरौतीको कल पनि आउँथ्यो।’
मंसिर १६, २०८१ आइतबार १५:४७:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।