एनपिएलको उद्घाटनमा भद्रगोल : खेल सकिँदासम्म टिकट किनेका दर्शकहरू मैदानमा जान पाएनन्, बाहिरै नाराबाजी

काठमाडौँ : प्रचार प्रसारमा निकै भव्य र व्यवस्थित देखिएको नेपाल प्रिमियर लिग (एनपिएल) को उद्घाटन खेल भने निकै भद्रगोल देखियो। खेल हेर्न आएका दर्शकलाई व्यवस्थित गर्न नसक्दा टिकट नभएकाहरू मैदानमा पुगे, टिकट किनेर खेल हेर्न गएकाहरू बाहिर उभिएर नाराबाजीमा उत्रिए।
टिमको पास बोकेर खेल हेर्न गेटमा पुगेकाहरूले समेत आफ्नै टिमको खेल हेर्न पाएनन्।
खेल सकिन लाग्दा लाचार भएर टिकट खरिद गरेर पनि खेल हेर्न मैदान प्रवेश गर्न नसकेकाहरूले खल्तीबाट टिकटको पैसा फिर्ता पाउने सूचना निकाल्यो क्यानले।
पहिल्यै भिआइपी पास समेत सबै विक्री गरेको एनपिएल आयोजकहरूले लिगमा सहभागी आठ टोलीलाई समेत आवश्यकता अनुसार न टिकट दिन सक्यो न त ओनर्स पास नै दिन सक्यो।
खेल सुरु भयो। टिकट हातमा लिएर लाइन बसेकाहरूलाई अब भित्र छिर्न नपाउने भनेर गेटमा रहेका सुरक्षाकर्मीहरूले भनेपछि उनीहरू ‘हाम्रो पैसा फिर्ता ले’ भन्दै नाराबाजीमा उत्रिएका थिए।
तर खट्किने विषय उनको द्रव्य मोहले युवामाझ निकै लोकप्रिय रहेको क्रिकेटमा जुवा खेलाउने कम्पनीले समेत प्रचारको मौका पायो।
खेलको मुख्य प्रायोजक सिद्धार्थ बैङ्क अनि सपोर्टिङ पाट्नर एनसेलसँगै मैदानको मुख्य भागमा अनलाइन जुवा खेलाउने कम्पनी वुल्फत्रिपलसेभेनको लोगो देखियो। मैदानको जताततै वुल्फत्रिपल सेभेनको प्रचार सामाग्री देखिएको थियो। वुल्फत्रिपल सेभेन एनपिएलमा वुल्फत्रिपलसेभेनन्युजको आवरणमा प्रवेश गरेको देखियो।
यता टीयू क्रिकेट मैदानमा जनकपुर बोल्ट्स् र विराटनगर किङग्सको खेल चलिरहँदा उता वुल्फत्रिपल सेभेन भने यही खेलमा आराधित जुवा खेलाउन व्यस्त देखिन्थ्यो उसको साइटमा।
एनपिएलमा प्रतिबन्धित जुवा खेलाउने कम्पनीलाई प्रवेश गराउन पारस मात्र हैन लिगमा सहभागी फ्रेन्जाइज टिम पनि उत्तिकै सक्रिय देखिए। पारसले वुल्फत्रिपलसेभेन भित्र्याए भने विराटनगरले विजे८८ भित्र्याएको देखियो।
उद्घाटन खेलको पहिलो म्याचमा सहभागी जनकपुर बोल्ट्स् र विराटनगर किङग्समध्ये विराटनगरको जर्सीमा अर्को बेटिङ कम्पनी विजे८८ को लोगो देखियो। विराटनगरले अनलाइन जुवा खेलाउन सक्रिय विजे८८ को सरोगेट कम्पनी विजेस्पोर्ट्सको आवरणमा आफ्नो टिममा भित्र्याएको देखियो।
नेपालको खेलमा अनलाइन जुवाको प्रभावबारे उकेराको समाचारहरु
मंसिर १५, २०८१ शनिबार १७:२२:०२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।