एनपीएल : उद्घाटन खेलमा विराटनगर १२७ रनमा अलआउट, गुप्टिलले बनाए अर्धशतक

एनपीएल : उद्घाटन खेलमा विराटनगर १२७ रनमा अलआउट, गुप्टिलले बनाए अर्धशतक

काठमाडौं : नेपाल प्रिसियर लिगको उद्घाटन खेलमा विराटनगर किंग्सले जनकपुर बोल्ट्सलाई १२८ रनको लक्ष्य दिएको छ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङमा तानिएको विराटनगरले १९ ओभरमा अलआउट हुँदै १२७ रन मात्र बनाउन सक्यो।

उसका लागि चर्चित विदेशी खेलाडी मार्टिन गुप्टिलले अर्धशतकीय पारी खेले। ओपनिङमा आएका गुप्टिलले ४३ बलमा सात चौका र एक छक्काको मद्दतमा ५५ रन बनाए।

त्यसका अलावा आकिव इलियासले १५ रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।

जनकपुरका लागि ललित राजवंशीले तीन विकेट लिँदा किशोर महतो र हर्ष ठाकरले समान दुई-दुई विकेट लिए। मोहम्मद मोसिनले एक विकेट हात पारे।

जनकपुरले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।

मंसिर १५, २०८१ शनिबार १३:५७:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।