श्रीलङ्कामा प्रतिकूल मौसमका कारण ८२ हजार बढी प्रभावित

श्रीलङ्कामा प्रतिकूल मौसमका कारण ८२ हजार बढी प्रभावित

एजेन्सी : श्रीलङ्कामा खराब मौसमका कारण ८२ हजारभन्दा बढी मानिसहरू प्रभावित हुनुका साथै एक जनाको मृत्यु भएको छ। 

विपद् व्यवस्थापन केन्द्रका सहायक निर्देशक (डिएमसी) जनक हन्डुनपथिराजाले १५ वटा जिल्लाका २४ हजार १५९ परिवारका ८२ हजार ७९६ जना प्रभावित भएको बताए। उनले मौसमी प्रभावले छ जना घाइते भएको तथा सयौं घरहरू क्षतिग्रस्त भएको सुनाए।  

मौसम विज्ञान विभागले प्रतिकूल मौसमी प्रभाव दक्षिणपश्चिम बङ्गालको खाडीसहित पूर्वी श्रीलङ्काको ट्रिन्कोमालीबाट १९० किलोमिटर दक्षिणपूर्वमा कायम रहेको बताएको छ।

विभागका अनुसार मौसमी प्रभाव  श्रीलङ्काको पूर्वी तटको नजिक सर्ने र बुधबार थप तीव्र भइ चक्रवाती आँधीमा परिणत हुने सम्भावना छ। 

मंसिर १२, २०८१ बुधबार २१:२९:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।