एनपिएलको माहौल तात्दै : धमाधम नेपाल आए विदेशी खेलाडी

एनपिएलको माहौल तात्दै : धमाधम नेपाल आए विदेशी खेलाडी

काठमाडौँ : नेपाल प्रमियर लिग प्रारम्भ हुने दिन नजिकिएसँगै आठ फ्रेन्चाइज टिममा आबद्ध अन्तर्राष्ट्रिय खेलाडीहरू नेपाल आउने क्रम बढेको छ। बुधवार अधिकांश टिमका अन्तर्राष्ट्रिय खेलाडीहरू नेपाल आए।

बुधवार एनपिएलको सबैभन्दा महँगो टिम पोखरा एभेन्जर्समा आबद्ध चार विदेशी खेलाडी नेपाल आए। नेदरल्याण्ड्सका बास डे लिड, स्कटल्याण्डका माइकल लिस्क, वेस्ट इन्डिजका रेमन रेइफर र इंग्ल्याण्डका म्याट क्रिट्ले नेपाल आउँदा टिमका सदस्यले ढाकाटोपी लगाइदिएर स्वागत गरेका थिए।

इंग्ल्याण्डका हार्ड हिटर क्रिकेटर साइफ जैब पनि बुधवारै नेपाल आए। उनी सुदूरपश्चिम रोयल्स टिममा आबद्ध छन्। चितवन राइनोज्मा आबद्ध नामिबियाका जान निकोल लिप्टी इटन र इङ्गल्यान्डका ल्यूक मार्टिन बेनकेन्स्टाइन पनि बुधवार काठमाडौँ आइपुगे।

मङ्गलवार कर्णाली याक्समा अनुबन्ध भएका हङकङका बाबर हायत र वेस्ट इन्डिजका चाडविक वाल्टन नेपाल आइपुगेका थिए।

मंसिर १२, २०८१ बुधबार २०:२०:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।