७२ जना चलचित्रकर्मीलाई ‘विशिष्ट चलचित्रकर्मी परिचयपत्र’ प्रदान (सूचीसहित)

७२ जना चलचित्रकर्मीलाई ‘विशिष्ट चलचित्रकर्मी परिचयपत्र’ प्रदान (सूचीसहित)

काठमाडौं : चलचित्र विकास बोर्डले ७२ चलचित्रकर्मीलाई ‘विशिष्ट चलचित्रकर्मी परिचयपत्र’ प्रदान गरेको छ। 

आज चलचित्र विकास बोर्डको सभाहलमा आयोजित ‘विशिष्ट चलचित्रकर्मी परिचयपत्र वितरण कार्यक्रम’ मा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्याल र चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले ‘विशिष्ट चलचित्रकर्मी परिचयपत्र’ प्रदान गरे। 

परिचय पत्र पाउनेमा नेपाली भाषा, जातीय क्षेत्रीय फिल्म निर्माता, निर्देशक, कलाकार, प्राविधिक छन्। बोर्ड अध्यक्ष दिनेश डीसीका अनुसार नेपाली चलचित्र क्षेत्रमा अनवरत योगदान दिएबापत उनीहरुलाई परिचयपत्र प्रदान गरिएको हो।

'चलचित्रकर्मी परिचयपत्रलाई थप व्यवस्थित बनाइ यसको प्रभावकारिता बढाएर प्रदान गरेका हौं। यो राज्यले दिएको एउटा सम्मान र सुविधा पनि हो', अध्यक्ष डिसीले भने। 

१३ जना चलचित्रकर्मीलाई परिचयपत्र प्रदान गर्दै यसको सुरुआत विसं २०७३ वैशाख ७ देखि भएको थियो। त्यसपछि त्यही वर्षको असार १६ मा २७ जना, विसं २०७९ असार १६ मा ६२ जना र आज ७२ जनालाई ‘विशिष्ट चलचित्रकर्मी परिचयपत्र’ प्रदान गरिएको बोर्डले जनाएको छ।

विशिष्ट श्रेणीको चलचित्रकर्मी परिचय पाउनेको नामावली :

१) नगेन्द्र घिमिरे, प्राविधिक
२) उदयकुमार इङ्नाम, निर्देशक
३) मदन घिमिरे, छायांकार
४) पुष्पकुमार श्रेष्ठ, कलाकार
५) सुनिलप्रसाद पाण्डे, निर्देशक

६) केदारप्रसाद पाठक, निर्देशक
७) निर्जलकुमार श्रेष्ठ, कला निर्देशक
८) माओत्से गुरुङ, कलाकार
९) केशवबहादुर रायमाझी, निर्देशक
१०) पुरणबहादुर जोशी, कलाकार

११) परशुराम चौधरी, कलाकार
१२) शोभितराम बस्नेत, कलाकार
१३) कुमार महर्जन, द्धन्द्ध निर्देशक
१४) तैयब शाह, कलाकार
१५) रचना सिंह, कलाकार

१६) रोशन श्रेष्ठ, द्वन्द्व निर्देशक
१७) कृष्णप्रसाद पोखरेल, निर्माता
१८) राजकुमार शाह, कलाकार
१९) दिब्यश्वर गौतम, कलाकार
२०) राकेशकुमार खड्का, कलाकार

२१) सन्ते (सन्तु) तामाङ, प्राविधिक
२२) गौरी मल्ल, कलाकार
२३) रामेश्वरजंग केसी, कलाकार
२४) राजुविक्रम थापा, छायांकार
२५) पुकार भट्टराई, कलाकार

२६) राजेन्द्र शाह, नृत्य निर्देशक
२७) रत्न ढकाल, छायांकार
२८) कमलप्रसाद मिश्र, प्राविधिक
२९) राजेन्द्र थापा, गीतकार
३०) प्रमोद ढुंगाना, गीतकार

३१) रमेश कोइराला, निर्देशक
३२) कृष्णप्रसाद ढुंगाना, कलाकार
३३) विजयरत्न तुलाधर, निर्देशक
३४) मुकुन्द थापा, कलाकार
३५) नवल खड्का, निर्माता

३६) गोविन्द नेपाली, नृत्य निर्देशक
३७) तुलबहादुर तामाङ, प्राविधिक
३८) महेन्द्र तामाङ, प्राविधिक
३९) सानुमान तामाङ, प्राविधिक
४०) पूर्णबहादुर तामाङ, प्राविधिक

४१) रमेश रञ्जन झा, कलाकार
४२) चेतनाथ सापकोटा, संगीतकार
४३) मधुसुधन प्रधान, निर्माता
४४) कपिलप्रसाद द्धा, प्रदर्शक
४५) रवि डंगोल, कलाकार

४६) शंकरप्रसाद आचार्य, कलाकार
४७) केदारनाथ दवाडी, कलाकार
४८) बालदीप राई, प्राविधिक
४९) अशोक रोक्का, प्राविधिक
५०) माधव थापा, प्राविधिक

५१) मेघराज पौडेल, प्राविधिक
५२) बोझबहादुर पौडेल, प्राविधिक
५३) विश्वराम केसी, प्राविधिक
५४) विमल पौडेल, निर्देशक
५५) दिव्यराज सुवेदी, छायांकार

५६) रविराज अर्याल, निर्देशक
५७) सन्तोषबाबु लोहनी, निर्देशक
५८) दिनेशकुमार विष्ट, कलाकार
५९) राजु खत्री क्षेत्री, प्राविधिक
६०) नानीकाजी डंगोल, द्वन्द्व कलाकार

६१) आनन्द ढुंगाना, कलाकार
६२) राजेन्द्रकुमार उपे्रती, निर्देशक
६३) सनमकुमार श्रेष्ठ, प्राविधिक
६४) लालुराम सापकोटा, निर्माता
६५) देवकुमार श्रेष्ठ, निर्देशक

६६) हरिप्रसाद पौडेल, प्राविधिक
६७) म्याक्चुङ गौतम (हिउँवाला), कलाकार
६८) शालिकराम कार्की, कलाकार
६९) सरोजकुमार खनाल, कलाकार
७०) रामशरण जंगम, कलाकार
७१) उदयसिंह बोहरा, द्वन्द्व निर्देशक
७२) आकाश अधिकारी, निर्देशक

मंसिर ५, २०८१ बुधबार २१:५६:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।