रियलमीले “बडा दशैं-तिहारको बडा अफर” को बम्पर र मेगा उपहार विजेता घोषणा गर्दै

रियलमीले “बडा दशैं-तिहारको बडा अफर” को बम्पर र मेगा उपहार विजेता घोषणा गर्दै

काठमाडौं : आफूलाई सर्वाधिक लोकप्रिय टेक्नोलोजी ब्रान्ड दाबी गर्दै आएको रियलमीले दशैं र तिहारमा ल्याएको ‘बडा दशैं-तिहारको बडा अफर’को विजेता छिट्टै घोषणा गर्ने भएको छ।

योजना अन्तर्गत हरेक हप्ता दुई जना भाग्यशाली विजेताले रियलमी सी ६३ र दैनिक १० जनाले बोल्ट स्मार्टवाच, बोल्ट इयरबड्स र सफारी ब्याकप्याकहरू जितेका थिए।

त्यसैगरी बम्पर उपहारमा एक जनाले टिभीएस एन्टर्क ड्रम स्कुटर र मेगा उपहारमा एक जना भाग्यशाली विजेताले ‘एमजी४ इभी’ गाडी जित्ने अवसर पाउनेछन्। जसको घोषणा केही दिनमा हुने कम्पनीले जनाएको हो।

‘बडा दशैं–तिहारको बडा अफर’ असोज १५ देखि कार्तिक २२ सम्म सञ्चालन भएको थियो। 

कात्तिक २८, २०८१ बुधबार १०:०१:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।