साफ महिला : सेमिफाइनलमा रेड कार्ड पाएकी रेखा पौडेल फाइनलमा मैदान बाहिरै, सरूले मौका पाइन्

काठमाडौं : साफ महिला च्याम्पियनसिपमा बंगलादेशविरूद्ध फाइनल खेल्न लागेको नेपालको प्लेइङ-११ सार्वजनिक भएको छ।
खेल ६ बजेर ३० मिनेटमा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने फाइनलका लागि नेपाली टिममा एक खेलाडी परिवर्तन गरिएको छ।
यसअघि भारतसँगको सेमिफाइनलमा रातो कार्ड पाएकी रेखा पौडेलले आजको खेल गुमाएकी छन्। उनको स्थानमा मिडफिल्डर सरू लिम्बूले मौका पाएकी छन्।
नेपाली टिम गोलकिपर एन्जिला तुम्बाप्पो सुब्बाको कप्तानीमा रहने छ।
नेपाली टिम :
एन्जिला तुम्बाप्पो सुब्बा (कप्तान, गोलकिपर), गीता राना, अमिषा कार्की, पुजा राना, विमला विक, अमृता जैसी, रेनुका नगरकोटे, सरु लिम्बू, प्रीति राई, सविता राना मगर र सावित्रा भण्डारी साम्बा।
कात्तिक १४, २०८१ बुधबार १८:१९:३४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।