अहो, गायक सुशान्त केसीको क्रेज, दुई दिनमा १२ लाख भ्युज, ट्रेन्डिङमा पहिलो नम्बर

अहो, गायक सुशान्त केसीको क्रेज, दुई दिनमा १२ लाख भ्युज, ट्रेन्डिङमा पहिलो नम्बर

काठमाडौँ : दुई दिनमा १२ लाख। एक नम्बरको ट्रेन्डिङ। गीत निकाल्नु त गायक सुशान्त केसीको जसरी पो निकाल्नु। यस्तै देखायो उनको गीत बार्दलीको क्रेजले।

उनी सन् २०१६ बाट साङ्गीतिक क्षेत्रमा सक्रिय छन्। उनको डेब्यु गीत थियो ‘आमा’। २०१९ मा ‘साथी’ बोलको गीत ल्याए। यो गीत युवामाझ लोकप्रिय भयो।

निरन्तर उनले ‘हावा’, ‘सारङ्गी’ लगायत ३० भन्दा बढी गीत ल्याए। उनी युट्युबका हट केक गायकै हुन्। मिलियन तलका भ्युज छैन उनका गीतहरूको।

तिहारको छेको पारेर उनले बार्दली बोलको गीत ल्याए जुन दुई दिनमै अहिले सङ्गीत क्याटगरीमा अहिले पहिलो नम्बर ट्रेन्डिङमा छ। टिकटकभरी उनकै गीतको क्लिप छाइरहेको छ नै। दुई दिनमै युट्युबमा उनको गीतको म्युजिक भिडियो १२ लाख पटक हेरिइसकियो।

कात्तिक १३, २०८१ मंगलबार १८:१६:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।