नेपालको गोलले पाएन मान्यता, विवादमा रोकिएको खेल सुरु
काठमाडौँ : साफ माहिला च्याम्पियनसिप-२०२४ मा नेपालले भारतविरुद्ध गरेको गोलले मान्यता नपाए पनि खेल सुरु भएको छ। रेफ्रिको अनुमतिबिना नै बल चलाएको भन्दै नेपालले भारत विरुद्ध गरेको गोलले मान्यता पाएन। भारत एक गोलले अगाडि छ।
दशरथ रङ्गशालामा भइरहेको नेपाल र भारतबीचको सेमिफाइनलमा नेपालले भारतको पोस्टमा हानेको गोलको मान्यताबारे विवाद भएको थियो। नेपाल सहमत भएपछि खेल पुन सुरु भएको हो।
खेलको दोस्रो हाफमा भारतले गोल गरेर खेलमा अग्रता लिएको थियो। नेपालले तत्काल गोल फर्कायो। पहिला रेफ्रीले गोलको मान्यता दिए पनि पछि रद्द गरेपछि विवाद भयो।
विवादका कारण खेल सुरु हुन सकेको छैन। नेपाली फरवार्ड रेखा पौडेलले रातो कार्ड पाएकाले नेपाली टिम १० खेलमा समेटिएको छ।
कात्तिक ११, २०८१ आइतबार २१:१२:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।