'रूस की युरोप'को रूपमा हेरिएको जर्जियाको संसदीय निर्वाचन : ७० प्रतिशत मतगणना हुँदा जीडी पार्टी अगाडि

'रूस की युरोप'को रूपमा हेरिएको जर्जियाको संसदीय निर्वाचन : ७० प्रतिशत मतगणना हुँदा जीडी पार्टी अगाडि

एजेन्सी : जर्जियामा संसद् निर्वाचनको प्रारम्भिक नतिजा अनुसार सत्तारूढ जर्जियन ड्रीम (जीडी) पार्टीले ५३ प्रतिशत मत पाएको निर्वाचन आयोगले जनाएको छ।

अहिलेसम्म ७० प्रतिशत मात्रै मतगणना सम्पन्न भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। तर, पश्चिम–समर्थक विपक्षी पार्टीहरूको एक संयुक्त गठबन्धनले पनि आफ्नो विजय दावी गरेको छ।

करीब ४० लाख जनसंख्या भएको यो देशमा यस निर्वाचनलाई युरोपियन युनियन (इयु) सदस्यता प्राप्तिको महत्वपूर्ण क्षणको रूपमा हेरिएको छ।

सन् २०१२ देखि जीडी पार्टी सत्तामा रहँदै देशलाई पश्चिमबाट टाढा र रूसको नजिक ल्याउन प्रयासरत छ। यसैले यो निर्वाचनलाई रूस की युरोपको यात्राको जनमत संग्रहको रूपमा व्याख्या गरिएको छ।

जीडीका संस्थापक बिदिजना इभानिशविलिले मतदान समाप्तिपछि विजयी भएको दावी गर्दै भने, ‘जर्जियाली जनताको मतको कदर गर्दै अघि बढ्छौं।’

जीडीले बहुमत हासिल गरेमा जर्जियाको इयुको सदस्यताको सम्भावनालाई धेरै हदसम्म रोक्नेछ। अहिलेको सत्तारूढलाई फालेर विपक्षीहरू मिलेर सरकार बनाउने र इयुमा समावेश हुने एजेन्डाका साथ चुनावी मैदानमा गएका थिए।

मास्को र ब्रसेल्स दुवैले यस निर्वाचनलाई नजिकबाट हेरिरहेका छन्, किनभने इयुले यो नतिजालाई जर्जियाको भविष्यसँग जोडेको छ। 

कात्तिक ११, २०८१ आइतबार ०८:१४:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।