'रवीन्द्र मिश्रलाई भेटेपछि प्रचण्डले पूर्वराजा ज्ञानेन्द्रलाई भेट्यो भनेर अफबाह फैल्याइयो'

'रवीन्द्र मिश्रलाई भेटेपछि प्रचण्डले पूर्वराजा ज्ञानेन्द्रलाई भेट्यो भनेर अफबाह फैल्याइयो'

काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेटेको भनेर निराधार आरोप अफबाह फैल्याइएको दाबी गरेका छन्। 

शनिबार काठमाडौंमा आयोजित सरकारविरूद्ध खबरदारी कार्यक्रममा उनले पूर्वराजालाई भेट्ने कल्पनासमेत गर्न नसकिने बताए।

उनले भने, ‘कतिपयले प्रचण्डले झापामा पुगेर ज्ञानेन्द्रलाई भेट्यो भनेर हल्ला चलाएछन्। म झापा विमानस्थलमा भएको थाहा पाएर उनीबीच बाटोबाट फर्केको सुनेको छु, मैले भेटेको छैन। जसले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि अर्को क्रान्तिको तयारी गर्दैछ, उसले ज्ञानेन्द्र भेटेको भनेको भन्नु सही होला?’

उनले राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई भेटेपछि आफूले पूर्वराजासँग भेटेको भनेर भ्रामक हल्ला फैलाएको भन्दै आपत्ति जनाए। 

कात्तिक १०, २०८१ शनिबार १६:१४:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।