वार्षिक तीन लाख भक्तजन आउने पाथीभरा यसपालि सुनसान

काठमाडौं : हरेक वर्ष नवरात्रमा भक्तजनको भीडभाड हुने पाथीभरा देवीस्थान यो वर्ष सुनसान छ। हालैको बाढी र पहिरोले मेची राजमार्ग र अन्य सडक अवरूद्ध हुँदा दर्शनार्थी घटेका हुन्।
दशैंको पहिलो दिन घटस्थापनामा ६३ जना दर्शनार्थी पाथीभरामा पुगेका छन्। गत वर्ष सोही दिन एक हजार एक सय ४८ जना दर्शनार्थीले पूजाअर्चना गरेका थिए।
बाढीले मेची राजमार्गअन्तर्गत हेवाखोलाको बेलीब्रीज बगाएपछि यातायात अवरोध भएको छभने तमोर करिडोरमा पहिरो खसेपछि यातायातका साधन चलेका छैनन्।
देशका प्रमुख शक्तिपीठ मध्येको एक मानिने पाथीभरामा दशैं र चैते दशैंमा धेरै भक्तजन आउने गरेका छन्। विगतमा भारतका साथै मुलुकका विभिन्न स्थानबाट वार्षिक तीन लाख भक्तजन आउने गरेका थिए।
असोज १८, २०८१ शुक्रबार १५:३०:१४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।