कपाल र आत्मविश्वासको उत्सव मनाउन सन्सिल्कले ल्यायो ‘सन्सिल्क भाइब्स’ अफर

कपाल र आत्मविश्वासको उत्सव मनाउन सन्सिल्कले ल्यायो ‘सन्सिल्क भाइब्स’ अफर

काठमाडौं : विगत तीन वर्षदेखि सफल भइरहेको सन्सिल्क दशैं भाइब्स अफरको सफलतासँगै कम्पनीले यस वर्ष पनि ‘सन्सिल्क भाइब्स’ अफर ल्याएको छ।

असोज ११ गतेदेखि मंसिरसम्म चल्ने अफरमा सहभागीहरूले केवल दशैंको उत्सवका क्षणहरू मात्र नभइ दैनिक सन्सिल्कको सारलाई झल्काउने दैनिक जीवनको क्षणलाई समेत प्रस्तुत गर्न सक्नेछन्।

यसले सहभागीहरूलाई कपाललाई मुख्य आकर्षणको रूपमा प्रस्तुत गरेर आफ्नो विशेष क्षण, चाडपर्व र दैनिकी सामाजिक सञ्जालमा सेयर गर्न समेत आग्रह गरेको छ।

नेपालभरका सहभागीहरूले आफ्नो ‘माई हेयर, माई भाइब्स’ क्षणहरू  सामाजिक सञ्जालमा सेयर गर्दै अनौठा सन्सिल्क स्टाइल र भाइब्स देखाएर यस प्रतिस्पर्धामा भाग लिन सक्छन्। साथै, उनीहरूले सन्सिल्क ग्याङ अफ गर्ल्सको अर्को संस्करणमा पनि सहभागी हुन सक्छन्।

यस अभियानको सुरुवात एउटा उत्साही गीतबाट गरिएको छ र यो गीतसँगै प्रिन्सी र प्रिस्मा, साथै गत वर्षको सन्सिल्क ग्याङ अफ गर्ल्स प्रतिस्पर्धाका विजेता सुस्मिता बन्जारा, सजिना खनाल, र विजया प्रधानजस्ता लोकप्रिय इन्फ्लुएनसरहरूले आफ्नो भाइब्स देखाउँछन्।

सन्सिल्क भाइब्सले यी सबै क्षणहरूको सार समेट्छ, किनकि भाइब्स हरेक दिन, हरेक ठाउँमा हुने कम्पनीको भनाइ छ।

प्रतिस्पर्धामा भाग लिनका लागि, सन्सिल्क भाइब्सको गीतमा आधारित टिकटक भिडियो वा इन्स्टाग्राम/फेसबुक रिल्स बनायी आफ्नो सन्सिल्क स्टाइल र व्यक्तित्व देखाउनु पर्नेछ।

यस अफरको उद्देश्य युवतीहरूलाई आफ्नै शैली र व्यक्तित्व अँगाल्न प्रेरित गर्नु हो, जसले उनीहरूलाई नेपालभरका युवतीहरूको लागि प्रेरणाको स्रोत बनाउन मद्दत पुर्याउँछ।

असोज १५, २०८१ मंगलबार १२:०६:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।